सीटीईभीटीका उपाध्यक्षलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ


सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

यही फागुन ६ गते सीटीईभीटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा अखिल क्रान्तिकारी (वैद्य समूह) बताउने विद्यार्थीहरूको समूहले भेटघाट गर्ने भनेर प्रवेश गरी अभद्र व्यवहार र मोसो दल्ने प्रयास भएको थियो । घटनामा संलग्न अछाम घर भएका डीबी शाही र दार्चुला घर एका नवराज भट्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।