पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु


सुर्खेत । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा मङ्गलवार जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२० जना चढेको लु १ ज २३७१ नम्बरको जीप सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।