यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

सुर्खेत । नेपाल क्रिकेट संघ क्यानले नेपाललाई यू –१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई दिँदै क्यानले आफ्नो तर्फबाट खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको हो ।

यसबाहेक पुरस्कार तथा सम्मान कार्यविधि अनुसार खेलाडीहरुले नेपाल सरकारबाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।