सुनको मुल्य बढ्यो


सुर्खेत । सुनको मुल्य आज ७ सय रुपैयाँले बढेको छ । आज सुनको मुल्य तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मुल्य समेत पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।