बारामा शिक्षकमाथि गोली प्रहार

सुर्खेत । बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ माथि गोली प्रहार भएको छ । २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेको हो ।

घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको छ । गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको छ ।

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भैरहेको बताइएको छ ।