सुर्खेत । युवाहरूबीच झडप हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । बिहीवार राति भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा भएको झडपमा सुर्खेतको वीन्द्रनगर नगरपालिका वडा नं २ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका क्षेत्रीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको हो ।
ससुराली गएका मृतक क्षेत्री र उनका जेठान सुमन शाहीबिच सिलङ्गी बजारका युवाहरूसँग विवाद भएको र पछि झडप भएको प्रहरीको भनाई छ ।
प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । झडपमा संलग्नहरूको पहिचान भइसकेको, घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फरकबाटो १० कार्तिक २०८०, शुक्रबार ०९:१३