जब जुम्लाका नागरिक बाजा बजाउँदै कुलमान भेट्न पुगे….!

जुम्ला । जुम्लामा बिजुली नियमित गर्नका लागि काठमाडौंमा दबाब दिइएको छ । जुम्लामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेपनि नियमित विद्युत प्रवाह हुन नसकेपछि जुम्लाका नागरिकले  काठमाडौं गएर दबाब हुन् ।

अझैसम्म जुम्लाका आठवटै स्थानीय तहका गाउँमा राष्ट्रिय लाइन सहजै रुपमा पुग्ने नसकेकोले काठमाडौंमा जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न दबाब दिँदै जुम्लाका नागरिकले मंगलबार सांस्कृतिक ¥याली निकालेका थिए ।

जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतको नेतृत्वमा जुम्लाका नागरिकले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक ¥याली निकालेर स्थानीय झाँकी, बाजागाजा र नाचगानसहित राज्यको सम्बन्धि निकायलाई दबाबमूलक ¥याली निकालिएका थिए ।

जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत् प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत् प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहित ¥याली गर्नुपरेको सांसद महतले बताए । जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको भए पनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँगाउँमा प्रसारण लाइन विस्तार हुन नसकेको उनले बताए ।

त्यसैगरी जुम्लाका सबै बस्तीमा बिजुली प्रसारण लाइनको विस्तार गर्न र प्रसारण लाइन पुगेका क्षेत्रमा चाँडो भन्दा चाँडो मिटर लगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापनपत्रसमेत बुझाइएको छ ।

¥यालीसहित नेपाल विद्युत् प्राधिकरणमा पुगेका जुम्लाका नागरिकले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापनपत्र बुझ्न प्राधिकरणको आँगनबाहिर नै बोलाएका थिए ।