नेपाल भारतसँग १० विकेटले पराजित

सुर्खेत । एसीसी एसिया कपअन्तर्गत नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल पराजित भएको हो ।

भारतले जितसँगै दुई खेलमा तीन अंक जोडेर भारत समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो । यता नेपाल अंकविहिन बनेर एसिया कपबाट बाहिरिएको छ ।

पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो । वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो ।नेपालका लागि ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले । उनले ९७ बलमा आठ चौका प्रहार गरे ।