सप्तरीको बिष्णुपुर गाउँपालिकाका २ कर्मचारी ५ लाख घुससहित पक्राउ

r

सुर्खेत । सप्तरीको बिष्णुपुर गाउँपालिकाका २ कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ गरेको हो ।

गाउँपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।

सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।