तिला गाउँपालिकाका युवाहरुलाई सहुलियत ऋण उपलब्ध गराइने

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका युवाहरुलाई सहुलियत ऋण उपलब्ध गराउने भएको छ । गाउँपालिकाका अनुसार एक सय ५० जना युवा उद्यमीलाई सहुलियत ऋण प्रवाह गर्न लागेको हो ।

युवालाई उद्यमी बनाएर स्वरोगार बनाउन सुहलियत ऋण उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । युवाहरुले पेश गरेको प्रस्तावनाका आधारमा १० देखि २० लाख सम्म कर्जा दिने तयारी गरेको अध्यक्ष रतननाथ योगिले जानकारी दिए । युवालाई उद्यममा प्रोत्साहन गर्न सुहलियत ऋण उपलब्ध गराउने योजना ल्याएको उनको भनाई छ ।

तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मीन बहादुर रावतले गाउँपालिकामा सहुलियतपूर्ण ऋणका लागि तिला गाउँपालिका, नबिल बैँक र राष्ट्रिय युवा परिषद् नेपालको त्रिपक्षिय सहकार्यमा जुम्लामा युवा उद्यमशिलता कार्यक्रम सुरु गरेको बताउँदै एक सय ५० जना युवाहरुलाई उद्यमशिल बनाउन लागिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले गाउँपालिकाले उपलब्धीमुलक कार्यक्रम गरेको बताइन । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन सबैलाई बेरोजगार मुक्त बनाउनु पर्ने उनको भनाइ छ ।

राष्ट्रिय युवा परिषद् नेपालका कम्प्युरट अर्पेटर तथा आई.एल.ओ प्रशिक्षक श्याम काजी खत्रीले नेपाल सरकारले सहुलियपूर्ण कर्जा जारी गरेको बताए । अर्थ मन्त्रलायलले नबिल बैँकसँगको सहकार्यमा सुहिलतपूर्ण कर्जा दिने बताए । २० लाख सम्म विना धितो युवाहरुले पेश गरेको प्रस्तावनाका आधारमा कर्जा पाउने प्रावधान रहेको उनको भनाई छ ।