शेयर बजारमा सुधार, कारोबार रकम ३ अर्बमाथि

 

सुर्खेत । शेयर बजारमा सुधार भएको छ । मंगलबार सामान्य अंकले ओरालो लागेको शेयर बजार आज भने २५ दशमलव ३१ प्रतिशतले उकालो लागेको हो । आज नेप्से परिसुचक १ दशमलव २२ प्रतिशतले बढेर २०९७ को विन्दुमा पुगेको छ ।

आज दिनभरमा ५९ हजार ५ सय ३९ कारोबारबाट २८९ कम्पनीका ८५ लाख ४ हजार ३ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७ सय ७४ पुगेको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडका कर्मचारीले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ ।

आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ३०४ रुपैयाँ कायम भएको छ । साथै रिभर फल्स पावर कम्पनीको शेयरमा सर्किट लाग्दा प्रति शेयर मूल्य २६३ रुपैयाँ कायम भएको छ ।