फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने पक्राउ


सुर्खेत । फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महागनरपालिका–३२ कोटेश्वर बस्दै आएका ४२ वर्षीय प्रतावसिंह लोवा रहेकाछन् ।

वैदेशिक रोजगारीको लागि नुर लाक्पा शेर्पासहित तीन जनालाई १० लाख रुपैयाँमा फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वानेश्वरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।