काठमाण्डौ । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका सप्तरीको तोपा–कजौलीका ललितकुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी स्वदेश फर्काएकाे छ ।

आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरको पहलमा मण्डललाई गएको भदौ १ गते इन्डिगो एअरलाइन्सबाट बुधवार स्वदेश फर्काएकाे हो ।
एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गएको जनवरीमा दुबई लगेका थिए । तर नेपाली एजेन्टको दुबईमा रहेको बंगाली एजेन्टले त्यहाँको कम्पनीमा भिसा नलगाइकनै काम लगाइदिएका थिए । त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डल गएको जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए ।

फरकबाटो ५ भाद्र २०७९, आईतवार १७:०९