महोत्तरीमा गोली चल्यो, एक जना गम्भीर घाइते


सुर्खेत । महोत्तरीमा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् । दुई राउण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका–१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।

मंगलबार साँझ सामान्य विवादको क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेका थिए । यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।

गम्भीर घाइते उनलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा लगिएको छ । त्यसअघि उनलाई रामगोपालपुरकै जानकी एकेडेमीक हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि जनकपुर लगिएको हो ।

गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले छ ।