
सुर्खेत । नेपाली बजारमा बिहिबार सुनको ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ भने यस्तै तेजाबी सुन एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। सो दिन सुनको मूल्य ८ सय रुपैयाँ घटेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

फरकबाटो ७ असार २०८०, बिहीबार १५:३४