
सुर्खेत । पाटन क्याम्पस नजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् ।चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएका छन् ।
ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पस नजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीमाथि आक्रमण गर्ने युवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरकबाटो ३१ जेष्ठ २०८०, बुधबार १९:५०