असारमा पनि बैंकहरुको ब्याजदर स्थिर रहने

सुर्खेत । असारमा बैंकहरुले निक्षेपको ब्याजदर यथावत राख्ने निणर्य गरेका छन् । मंगलबार बसेको बैंकर्स सँघको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए। असारमा पनि यही ब्याजदर कायम गर्ने भएका हुन् ।

अहिले बैंकहरुले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन् । गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए ।

संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ । कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ।

अहिले बैंकहरुको निक्षेप संकलन बढीरहेको छ भने कर्जा लगानी खासै बढेको छैन यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ। तर पनि बैंकहरुले असारमा ब्याजदर नघटाउने निर्णय गरेका छन् ।