इमर्जिङ टिम्स एसिया कप: पाकिस्तानसँग नेपाल ९ रनले पराजित

सुर्खेत । महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ । मंगलबार हङकङको मिसन रोड ग्राउन्डमा ८८ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन बनाएको हो ।

नेपालका लागि ओपनर ब्याटर कविता कुँवरले सर्वाधिक २० रन बनाइन् । त्यस्तै कविता जोशीले १५ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि तुबा हसन र साइदा अरूब शाहले २्\२ र अनुशा नासिर र उम-ए-हानीले १\१ विकेट लिए ।

यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । पाकिस्तानका लागि शावाल जुल्फिकरले सर्वाधिक २८ रन बनाइन् । त्यस्तै फतिमा सानाले १६ रन बनाउँदा सदाफ शामास र गुल फेरोजाले क्रमशस् १२ र ११ रन बनाए ।

नेपालका लागि इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । ३ ओभर बलिङ गरेकी उनले ६ रन खर्चँदै ३ विकेट लिइन् । त्यस्तै कविता कुँवर, कविता जोशी र सीता राना मगरले २\२ विकेट लिए ।