नेपाल र क्यानडा भिड्दै

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ ।

पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।

क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ ।

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।

नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।