सुर्खेत । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जनाको मृत्यु भएको छ । भाइरल ज्वरोबाट अरू ५३ जना बिरामी परेका छन् ।
बिरामीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइले जानकारी दिए । बिरामीमा ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखा परेको उनले बताए । ज्वरो फैलिएको गाउँमा कर्णाली विज्ञान प्रतिष्ठानका डा.विशाल रोकाया सहित दुई जनाको टोली खटिएको छ ।
यस्तै जनस्वास्थ्य सेवा कार्यालयले समेत चार जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
फरकबाटो १९ जेष्ठ २०८०, शुक्रबार १९:३५