पासवर्ड ह्याक गरेर बैंकबाट पैसा झिक्ने व्यक्ति पक्राउ


सुर्खेत । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट पैसा झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिकाको विराट चोकमा रहेको दुई वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज मङ्गलवार पक्राउ परेका हुन् ।

सिग्देलले आरए भिजन एकाउन्ट सोलुसन प्रालिका एकाउन्टेन्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा २८ हजार र आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार रुपैयाँ निकालेको उजुरी परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।