सुनको भाउ आज एक सय रुपैयाँले बढ्यो


सुर्खेत । आज सुनको भाउ एकसय रुपैयाँले बढेको छ । तोलामा एक सय रुपैयाँले बढेर सुनको भाउ आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने दुई दिनदेखि स्थिर छ ।

चाँदी आज पनि तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।