सरकारबाट हट्नुपर्छ भन्ने टेन्सन छैन : प्रधानमन्त्री

सुर्खेत । आँफुलाई सरकारबाट हट्नुपर्छ भन्ने टेन्सन नभएको प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको प्रष्ट पार्दै उनले । आफूलाई सरकार छोड्न परेपनि छोडने तर भ्रष्टाचारविरूद्ध अभियानलाई भने जुनसुकै हालतमा पनि अगाडि बढाउने बताएका हुन्

समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकारबाट हट्नुपर्छ भन्ने टेन्सन नभएको सुनाएका हुन् ।

उनले भने, ‘मलाई अब केही लिनुदिनु छैन । जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन । कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो । मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ । जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् ।’