पाँचहजार धरौटी बुझाएर छुटे प्रधानमन्त्री  विरुद्ध नाराबाजी गर्ने ३ युवा

सुर्खेत । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्ने तिनयुवा छुटेका छन् । उनीहरु आज मंगलबार धरौटीमा छुटेका हुन् ।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी परिसर काठमान्डौंले जानकारी दिएको छ ।

उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो। प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण हिजो उनीहरूलाई कारागार चलान गरिएको थियो।