आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली


सुर्खेत । आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।

प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । यस्तै, हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको उनले बताए ।

आज काठमाण्डौको अधिकतम् तापक्रम लगातार घट्न थालेको छ । अस्ति १६ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम् तापक्रम हिजो १५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आज न्यूनतम् तापक्रम भने हिजोभन्दा आज धेरै छ ।

आज काठमाण्डौको न्यूनतम् तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । हिजो ४ डिग्री सेल्सियस थियो ।