कर्णालीका विभिन्न तिन जिल्लामा वेवारिसे लाश फेला


सुर्खेत । कर्णाली प्रदेशका विभिन्न तिन जिल्लामा वेवारिसे लाश फेला परेको छ । रुकुमपश्चिम, हुम्ला र सुर्खेत जिल्लामा गरि तिनवटा वेवारिसे लाश फेला परेको हो ।

रुकुमपश्चिम बाँफिकोट गाउँपालिका वडा नं ५ नामथर नखुलेको करिब ४० वर्षीय पुरुष, हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका वडा नं २ मा नामथर नखुलेको एक पुरुष र सुर्खेत जिल्ला लेकवेशी नगरपालिका वडा नं ६ की ७२ वर्षीय जैसरा भाटको वेवारिसे लाश फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।