थप दुई सैनिक अधिकृत छानबिनको दायरामा


सुर्खेत । आर्थिक अनियमितताको आरोप लागेर छानबिन भइरहेका उपरथी प्रेम शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतलाई नेपाली सेनाले छानबिनको दायरामा ल्याएको छ ।

प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई छानबिनका लागि बोलाएको हो । उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो ।

कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृत पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवै जनालाई बोलाएको हो ।