ग्यासबाहेक सबै इन्धनको मूल्य घट्यो


सुर्खेत । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको हो ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले बताएको छ । नयाँ मूल्यसूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।