ट्रकको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा ट्रकको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–११ का कृष्ण चौधरी रहेका छन् । उनलाई वीरेन्द्रनगर–१० को घुस्रास्थित बामेखोलाबाट तिनकुनेतर्फ आउँदै गरेको भे १ ख १५२८ नं. को मिनी ट्रकले ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

त्यस्तै वीरेन्द्रनगर १० का बुद्धिराम थारु गम्भीर घाइते भएका छन् । उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । घटनापछि ट्रक र जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ को रवि सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।