श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित

सुर्खेत । श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित गरिएको छ । श्रीलङ्काको निर्वाचन आयोगले गएको वर्ष संसदबाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगन गरेको जनाएको छ । आउँदो मार्च ९ तारिख अर्थात् यही २५ गते हुनेगरी घोषणा गरिएको थियो ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेको प्रशासनले चुनावका लागि आवश्यक १० अर्ब भारतीय रुपैयाँ (झण्डै दुई करोड ७० लाख अमेरिकी डलर) सहयोग उपलब्ध गराउन अस्वीकार गरेकाले निर्धारित कार्यक्रमअनुसार मतदान हुन नसक्ने पाँच सदस्यीय निर्वाचन आयोगले जनाएको छ । यसअघि विक्रमासिङ्घेले आर्थिक सङ्कटका बेला चुनाव गर्नु असहज भएको बताएका थिए ।

श्रीलङ्काले लामो समयदेखि अति मुद्रास्फीतिसँगै अत्यावश्यक वस्तुहरूको चरम अभाव भोग्दै आएको छ । तर राष्ट्रपतिको भनाइलाई विपक्षी सांसदहरूले आलोचना गरी आर्थिक सङ्कटलाई देखाएर लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको टिप्पणी गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।