कर्णाली राजमार्गमा ट्रक पल्टिँदा एकजनाको मृत्यु


सुर्खेत । कर्णाली राजमार्गमा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ । मुगुबाट ग्याँस सिलिण्डर लिएर फर्कँदै गरेको ट्रक कालिकोटको लितागुफा नगरपालिका ५ मा दुर्घटनामा परेको हो । ट्रक सडकदेखी करिब पाँचसय मिटर तल खस्दा ट्रक चालक दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ पाल्तडाका करिब २९ वर्षीय छविप्रसाद चौलागाईको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

ट्रकका सह-चालक १८ वर्षीय दिनेश शाहीको उपचार भइरहेको हो ।

चालक चौलागाईको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।