पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको मृत्यु


सुर्खेत । पूर्वस्वास्थ्यमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा मृत्यु भएको छ । लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहेका श्रेष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

उनी मानवअधिकार क्षेत्रका अगुवा हुन् । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनको मङ्गलवार भोलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको परिवार स्रोतले जानकारी दिएको छ ।