
सुर्खेत । गुराँस गाउँपालिका दैलेखले शुक्रबार भएको घटनाको छानबीनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । शनिबार बसेको सर्वदलीय बैठकले घटनाको छानबीनका लागि समिति गठन गरेको हो ।
बैठकले असार ३१ गते शुक्रबार गाउँपालिकामा करार कर्मचारीको सन्दर्भमा भएको घटनाबारे सत्यतथ्य छानवीन समिति गठन गर्ने सर्वदलीय र सर्वपक्षीय बैठकले निर्णय गरेको छ । जसको संयोजकमा दुल्लु नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल रहेका छन् ।
यस्तै, सदस्यहरूमा जिल्ला समन्वय समिती दैलेख निमित्त जिल्ला समन्वय अधिकारी भक्तवहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा रहेका छन् ।
यस्तै, समितिले आजको मितीदेखि १५ दिन भित्र प्रतिवेदन तयार पारेर जिल्ला समन्वय समितिमा पेश गर्नुपर्ने भएको हो ।

फरकबाटो ३२ असार २०७९, शनिबार १६:३५