खाद्य संकट रहेको हुम्लाको लिमीमा हेलिकोप्टरमार्फत ६९ क्वीटल खाद्यान्न लगियो

सुर्खेत । खाद्य संकट भए पछि हुम्लाको लिमीमा हेलिकोप्टरमार्फत खाद्यान्न लगिएको छ ।

नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पुर्याउन  नेपाली सेनाको हेलिकप्टर आइतबार हुम्ला सदरमुकाम सिमकोट पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आज(सोमबार) ६९ क्वीटल खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिएको जानकारी दिए ।

उनका अनुसार आज ४८ क्वीटल पिठो र २१ क्वीटल चामल लिमी लगिएको छ । अहिले हेलिकोप्टर हुम्लाबाट फर्किसकेको र भोलि र पर्सी पनि खाद्यान्न् ढुवानी गर्ने उनले बताए ।

लिमीमा खाद्य संकट भए पछि जनप्रतिनिधिहरू खाद्यान्नको माग लिएर काठमाण्डौं पुगेका थिए ।