माओवादी केन्द्र सुर्खेतको पालिका अधिवेशन : ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन

नेकपा (माओवादी) केन्द्रको पालिका अधिवेशन अन्तरगत सुर्खेतका ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा रत्न गाहा मगर, बराहताल गाउँपालिकाको अध्यक्षमा बल बहादुर कठायत, पञ्चपुरी नगरपालिकाकाको अध्यक्षमा केशव शाही र चौकुने गाउँपालिकाको अध्यक्षमा गंगाराम बिक सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै सिम्ता गाउँपालिकाको अध्यक्षमा चित्रहादुर हमाल र भेरीगंगा नगरपालिकाको अध्यक्षमा गणेश भण्डारी निर्वाचित भएका छन् ।

गुर्भाकोट नगरपालिका र चिङ्गाड गाउँपालिकामा नेतृत्व चयनका लागि सर्वसम्मत गर्ने प्रयास भइरहेको छ । गुर्भाकोटमा जनक रेग्मी, उदिराम डांगी, र मोति विकले अध्यक्षमा दाबी गरेका छन् ।

यस्तै चिङ्गाड गाउँपालिकामा समरबहादुर कामी, जितबहादुर रानाले दाबी गरेका छन् । लेकवेशी नगरपालिकामा भने अधिवेशन सूरु भएको छैन् ।