चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चितवनको नारायणी नदी किनारमा आयोजित १० औँ राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको झण्डा, पार्टी र चुनाव चिह्नको झण्डोत्तलन गरेर १० औँ महाधिवेशनको समुद्घाटन गरेका हुन् ।

एमाले महाधिवेशनमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित सत्तागठबन्धनका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका देशका प्रमुख राजनीतिक दलका नेताहरु एमाले महाधिवेशनस्थलमा सहभागी छन् ।

यसबाहेक छिमेकी राष्ट्रहरु भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडिया लगायतका विदेशी अतिथिहरु एमाले महाधिवेशनको उद्घाटनस्थलमा सहभागी छन् ।