वरिष्ठ नेता पौडेलद्वारा कांग्रेसको रूपान्तरणका १० सूत्र सार्वजनिक


काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी रूपान्तरणका १० सूत्र सार्वजनिक गरेका छन् ।

नेता पौडेलले कांग्रेसको अबको बाटो शीर्षकमा १० बुँदे एजेन्डा सार्वजनिक गरेका हुन् । ।

नेता पौडेलले आइतवार सार्वजनिक गरेको सूत्रमा पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुद पार्न आह्वान गरेका छन् ।

राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने, राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न सङ्घर्ष गर्नुपर्ने लगायतका विषयहरू एजेन्डामा समेटिएका छन् ।

नेता पौडेलले पार्टीको लोकतन्त्र क्षय भइरहेको भन्दै त्यसलाई जोगाउनुपर्ने बताए ।