अध्यक्ष प्रचण्डद्वारा पार्टीको स्थायी कमिटी बैठकमा प्रतिवेदन पेस


सुर्खेत । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।

आजदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन् ।

अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा समेत बैठकमा ब्रिफिङ गरेका थिए ।

बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको विषयमा समेत सुनाएका थिए ।

बैठकमा पार्टी एकता र संगठन विस्तार बारेमा एजेण्डा रहेको र भोलि (शुक्रवार) बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।