आज शोक बिदा


सुर्खेत । पोखरामा हिजो भएको बिमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै सरकारले आज शोक विदा दिएको छ । हिजो बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार अत्यावश्यक सेवा बाहेक आज देशभर सबै सेवाहरु ठम्म रहने गृहमन्त्रालयले प्रकाशन गरेको शोक सम्बन्धी सुचनामा उल्लेख छ ।

त्यस्तै आज राष्ट्रिय झण्डा आधा झुकाउने समेत सुचनामा उल्लेख रहेको छ ।

हिजो ६८ जना यात्रु र ४ जना चालक दलसहित काठमान्डौंबाट पोखराका लागि उडेको यति एयरको ए.टि.आर ७२ विमान करिब ११ बजेतिर पोखरा महानगरपालिका १५ नयाँगाउँस्थित सेतीनदिको खोँचमा दुर्घटनामा परेको थियो ।