सुदूरपश्चिम प्रदेशसभा आज पनि सभामुख चयन हुन सकेन

सुर्खेत । सुदूरपश्चिम प्रदेशसभामा आजपनि सभामुख चयन हुन सकेको छैन । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि सभामुखका उम्मेदवार माओवादी केन्द्रका सांसद भीम भण्डारी र कांग्रेस सांसद मानबहादुर रावलले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाउन नसकेका हुन् ।

सत्ता गठबन्धनको उम्मेदवार भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा २२ मत पर्‍यो । ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत ल्याउनुपर्छ । ४४ जनाले मतदानमा भाग लिएका थिए । त्यस्तै नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मानबहादुर रावलले पनि २२ मत पाए । सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयनका लागि गत बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।