लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त


सुर्खेत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् ।

गिरी सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाईग आज बुधवार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा शंकर पोखरेल र दोस्रो मुख्यमन्त्रीको रूपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बनेका थिए ।