कांग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेलको एकल उम्मेद्वारी दर्ता

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको सभापतिका लागि खड्क पोखरेलको एकल उम्मेद्वारी परेको छ ।

 निर्वाचन समितिका अनुसार पोखरेलले आज उम्मेद्वारी दर्ता गराएका हुन् । पोखरेल संस्थापन (देउवा) पक्षका हुन् ।

यस्तै संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेद्वारी परेको छ ।

यस पटक पौडेल पक्षबाट महाधिवेशन प्रतिनिधिमा शुन्य भए पछि सभापतिको उम्मेद्वार दिने बाटो बन्द भएको छ । यस कारण पोखरेल निर्विरोध सभापति हुने भएका हुन् ।

यस्तै पौडेल पक्षले सभापति बाहेकका पदहरुमा उम्मेद्वारी दर्ता गराएको छ । पौडेल पक्षबाट उप सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका हुन ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सुर्खेतको जिल्लामा  सभापति बाहेकका पदहरुमा भोलि मतदान हुने छ ।