मलेसियाले विदेशी श्रमिक भर्ना अवधि छोट्याउने, रोजगारदातालाई विज्ञापन गर्न १ दिनको समय

सुर्खेत । मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ । अहिले विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा पनि लामो समय लाग्ने गरेको भन्दै यसलाई छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने गरी काम भइरहेको द स्टारले लेखेको छ ।

मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले श्रमिक भर्तीको सम्पूर्ण प्रक्रियालाई घटाउने बताए । उनका अनुसार अब रोजगारदाताले निवेदन पेस गर्नेदेखि स्वीकृति, भिसा जारी गर्ने, स्वास्थ्य परीक्षण लगायत सबै काम एक महिनाभित्रै सकिनेछ ।

मलेसियाका मानव संसाधन मन्त्री वी शीवकुमारसँगको संयुक्त बैठकमा गृहमन्त्रीले यो लामो प्रक्रियालाई छोट्याउने धेरै ठाउँहरु रहेका पनि उल्लेख गरेका छन् ।