रूसी सेनासँग विद्रोह गरेको वाग्नर समूहका प्रमुख प्रिगोजिनसहित १० जना मारिएको दाबी


सुर्खेत । गत जुनमा रुसी सेनाविरुद्ध विद्रोहको प्रयास गरेको रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’का प्रमुख यभगेनी प्रिगोजिन विमान दुर्घटना मारिएको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन् ।

दुर्घटनाग्रस्त विमानमा सवार सबै १० जनाको मृत्यु भएको रुसको नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै उनीहरुले उल्लेख गरेका छन् ।

वाग्नर भाडा समूहसँग जोडिएको सामाजिक सञ्जालले उनको निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको दाबी गरेको छ । ग्रे जोन टेलिग्राम च्यानलले पोस्ट गरेको भन्दै बीबीसीले लेखेको छ, ‘रूसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूप प्रिगोजिनको मृत्यु भयो ।’

प्रिगोजिनले जुनमा रुसको सशस्त्र सेनाविरुद्ध एक विद्रोहको नेतृत्व गरेका थिए ।