नेपालमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणको जोखिम


सुर्खेत । नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण जोखिम बढेको छ । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण मुख्यगरी सुँगुररबङ्गुरमा हुने गरेको छ ।

काठमाण्डौ, कास्की, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट केही सुँगुररबङ्गुर मरेका छन् । ती जिल्लामा सङ्क्रमण देखिएपछि रोकथामका उपाय अपनाउन थालिएको छ । यस्तै छिमेकी जिल्लामा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि व्यावसायिक किसानलाई जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ । सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको छ ।

सुँगुररबङ्गुर काटेमा मासु चिस्यान केन्द्रमा राख्न समेत आग्रह गरिएको छ । अफ्रिकन स्वाइन फिभरले मान्छेमा असर गरेको भने पाइएको छैन । सुँगुररबङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको खास उपचार विधि नरहेको पशु विज्ञले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि ६–६ महिनामा सुँगुररबङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिन्छ ।

सङ्क्रमण देखिए वा शङ्का लागेमा पशुलाई बथानबाट अलग्गै राख्न, समयमै पशु विज्ञ केन्द्रमा जानकारी दिन र मरेकोलाई खाडलमा पुर्न पशुसेवा विभागको आग्रह छ । यसवर्ष नेपालमा गत जेठ २ गते अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो ।

यो रोगबाट सङ्क्रमित सुँगुररबङ्गुरमा उच्च ज्वरो आउने, कान, पुच्छर तथा पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेलगायतका लक्षण देखिन्छ ।