काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन छ ।

देउवाले पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट गर्दै जनता देशको मालिक भएको सम्झिन जनप्रतिनिधिहरूलाई आग्रह गरे । ‘साथीहरूले जनताको दिल जित्नुपर्छ । गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ’, उनले भने, ‘सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस् । एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसलाई चिर्ने गरी लागि पर्न पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

फरकबाटो ३० श्रावण २०७९, सोमबार १४:१०