शान्ति सुरक्षामा विशेष ध्यान दिनेछु : एस्पी थापा 


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएर आएका प्रहरी उपरिक्षक (एस्पी) योगेन्द्रसिंह थापाले आफ्नो कार्यकालमा शान्ति सुरक्षामा विशेष ध्यान दिने बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुर्खेत लागु औषधका अखडा नै बनेकोले यसमा समेत विशेष निगरानी बढाउने बताएका हुन् । शान्ति सुरक्षाका हिसाबले सुरक्षित सहर बनाउन नागरिक, समुदाय, स्थानीय तथा प्रदेश सरकार लगायत सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सबैले हातेमालो गर्न आग्रह समेत गरेका हुन् ।

विशेषगरी सुर्खेतमा बढ्दै गएको लागूऔषध सेवन तथा कारोवार नियन्त्रणका लागि योजना नै बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।