प्रदेश १ का सांसदले पनि शपथ लिए


सुर्खेत । प्रदेश नं १ का सांसदले पनि आज सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ ।

शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराएका थिए । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराएका हुन् ।

प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिएका छन् । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषामा शपथ लिएका हुन् ।