निर्मला पन्तको हत्याबारे प्रहरी महानिरीक्षकले दिए गृहमन्त्रीलाई जानकारी


सुर्खेत । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरी महानिरीक्षकले जानकारी दिएका छन् ।

प्रहरी महानिरीक्षक, नायब महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरुले निर्मला पन्तको बलात्कार र हत्याबारे अहिलेसम्म भएका अध्ययन अनुसन्धानबारे जानकारी गराएका हुन् ।

गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गरेका थिए ।