भारतको सर्वोच्च अदालतले मोरबी पुल दुर्घटनाको सुनुवाइ गर्ने

काठमाडौं । भारतको सर्वोच्च अदालतले गुजरातको मोरबीमा भएको पुल दुर्घटनामा १४ नोभेम्बर आइतबार सुनुवाइ गर्ने भएको छ । यो पुल दुर्घटनामा महिला, बालबालिका र युवासहित १४० भन्दा बढीको ज्यान गएको छ । यस घटनामा राज्य सरकारले हालसम्म नौ जनालाई पक्राउ गरेको छ ।


विपक्षी दलहरुले यस विषयमा उच्चस्तरीय छानबिनको माग गरेका छन् । अधिवक्ता विशाल तिवारीले दायर गरेको जनहित याचिकाको सुनुवाइ गर्न सर्वोच्च अदालत सहमत भएको छ ।

तिवारीले आफ्नो निवेदनमा यो दर्दनाक दुर्घटनाको अदालतको निगरानीमा न्यायिक छानबिन गर्न माग गरेका छन् । प्रधानन्यायाधीश युयु ललितको संयोजकत्वको इजलासले यस विषयमा नोभेम्बर १४ मा सुनुवाइ गर्ने जनाएको छ ।